भैरहवा । प्रहरीले भैरहवामा २० किलो लागुऔषध चरेससहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले सिद्धार्थनगर नगरपालिका ८ लुम्बिनी रोडमा रहेको चन्द्रसूर्य होटलबाट चरेस बरामद गरेको हो ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाका प्रमुख सागर भट्टराईले विशेष सुराकीको आधारमा २० किलो चरेससहित त्यसमा संलग्न चार जना कारोबारीलाई पक्राउ गरिएको बताए। उनीहरूको नाम र ठेगाना भने प्रहरीले सार्वजनिक गरेको छैन। एक जना कारोबारी भने फरार भएका छन्।

शुक्रबार बिहान प्रहरी टोलीले होटलभित्र लुकाएर राखेको अवस्थामा चरेस बरामद गरेको थियो। बरामद गरिएको चरेसको बजार मूल्य नेपालमा ९ लाख रुपैयाँभन्दा धेरै रहेको छ।