दाङ । दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयको २४ ओैँ वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष युवराज थपलियाको अध्यक्षता एवं लुम्बिनी प्रदेशका सभासद एंव पूर्व स्वास्थ्यमन्त्री राजु खनालको प्रमुख आतिथ्यता र प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेले बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि खनालले निजी विद्यालयले गुणस्तरिय शिक्षा प्रदानका लागि महत्वपूर्ण भूमिका खेलेको बताए । निजी विद्यालयलाई राज्यले सुक्ष्म निगरानी गरी आवश्यक सुझाव दिनुपर्नेमा आलोचना मात्रै गर्ने काम भइरहेको भन्दै निजी विद्यालयलाई बिकासको साझेदार मानेर अघी बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका बिशिष्ट अतिथि प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेले निजी विद्यालयले समाजमा गुणस्तरीय शिक्षा प्रदान गर्नेदेखि राज्यलाई करमा थुप्रै योगदान गरेको भएपनि त्यसलाई बिर्सेर आलोचना मात्रै गर्ने काम भइरहेको भन्दै गुनासो गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, गोदावरी बोर्डिङ स्कूलका प्रिन्सिपल शेषमणि शर्मा लगायतकाले शुभकामना व्यक्त गरेको थिए । विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारी प्रस्तुत गरेका थिए । सो अवसरमा विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुलाई सम्मान गरिएको थियो ।











