काठमाडौं । पार्टी एकताका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले दुई सदस्यीय वार्ता टोली गठन गरेको छ। मधेसमा क्रियाशील विभिन्न राजनीतिक दलसँग एकताका लागि संवाद गर्न समिति बनाइएको लोसपाले जनाएको छ ।
वार्ता टोलीमा वरिष्ठ सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्ल र वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्ण रहेको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिएका छन्।
वर्तमान राजनीतिक परिस्थिति र आवश्यकतालाई मध्यनजर राख्दै सहकार्य एकताको संवादलाई छिटोछरितो निष्कर्षमा पुर्याउन उच्चस्तरीय वार्ता समिति गठन गरिएको उनले बताए । गत पुस २१ गते जितेन्द्र सोनलको नेतृत्वमा गठन भएको वार्ता समिति खारेज गरिएको लोसपाले जनाएको छ।
