अभिषेक बोहरा

सभ्यता पाठशालाले त्रिभुवननगर जेसीज, महिला जेसीज र नगर प्यावसनका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत सम्मान गरेको छ । कार्यक्रमको अध्यक्षता विद्यालयका संचालक समितिका अध्यक्ष महेन्द्र बुढाथोकीले गर्नुभएको थियो ।

युवा पलायनको होडमा जेसीज र प्यावसनमा युवाहरु आबद्धभई नेतृत्व गरेर सामाजमा सकारात्मक सोच प्रवाह गरेको र आगामी दिनहरुमा सभ्यता पाठशालाले जेसीज र प्यावसनसँग सहकार्य गरि कार्य गर्ने इच्छा रहेको धारण विद्यालयका शैक्षिक निर्देशक केशरमान बुढाथोकीले जानकारी गराउनुभयो ।

कार्यक्रममा त्रिभुवननगर जेसीजका अध्यक्ष टंक बहादुर रावत (अनन्त), महिला जेसीजका अध्यक्ष अनिता ढकाल र नगर प्यावसनका अध्यक्ष बालकृष्ण वलीले मन्तव्य राख्नुभएको थियो ।

विद्यालयका शैक्षिक निर्देशक केशरमान बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने कार्यक्रमको सहजिकरण विद्यालयका प्रधानाध्यापक चेतमान घर्ती मगरले गर्नुभएको थियो ।