इन्द्रेणी संवाददाता
दाङ । दाङमा आज बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. १० गुर्जेखोला नजिकै तुलसीपुरबाट घोराहीतर्फ आउदै गरेको रा १ ख ८१६ नम्बरको बस र विपरित दिशाबाट आइरहेको रा ५ प ६६५४ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा घोराही १० का ४४ वर्षका दिलिप केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । केसीको मृत्यु उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको हो । दिउँसो साढे १ बजेतिर भएको दुर्घटनामा बसमा यात्रा गरिरहेका ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।
बसमा २२ जना सवार रहेपनि ११ जना मात्रै घाइते भएको बताइएको छ । घाइतेहरुको उपचार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।बस चालक घोराही १८ फुर्सेखालीका गोपाल विकलाई नियन्त्रणमा लिइएर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईश्वर थापाले बताएका छन् ।
घाइतेहरुको विवरण :












