दाङ । दाङको तुलसीपुरमा गाडीको ठक्करबाट आमाको ज्यान गएको छ भने छोरा गम्भीर घाइते भएका छन् ।
आज बुधबार दिउँसो १ बजेतिर तुलसीपुरदेखि घोराहीतर्फ जाँदै गरेको रा ७ प ११३५ नम्बरको स्कुटरलाई विपरित दिशाबाट आउँदै गरेको रा १ च १३०० नम्बरको पिकअप भ्यानले तुलसीपुर–७ हात्तिखौवा ओरालोमा ठक्कर दिंदा लमही नगरपालिका–५ निवासी ५० बर्षीया लिला भुसालको ज्यान गएको हो । स्कुटर चालक उनका २७ वर्षका निमलाल भुसाल घाइते भएका छन् ।
आमा लिलाको उपचारका राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । गाडी चालक फरार भएको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश थापा बताए ।











