काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार भएको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमाण्डौ गुर्खाजलाई हराएको छ । सुदूरपश्चिमले काठमाण्डौलाई ७३ रनले हराएको हो ।
सुदूरपश्चिमले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको काठमाण्डौ १५ ओभर पाँच बलमा ९४ रनमा अलआउट भयो ।
काठमाडौँका लागि स्टेफल स्किनाजीले सर्वाधिक ३७ रन बनाए भने सुमित महर्जनले १४, भीम सार्की र जेरार्ड इरासमसले १० १० रन बनाए ।
काठमाडौँलाई सस्तैमा समेट्न बलिङमा सुदूरपश्चिमका स्पिनर नरेन साउदले एक्लै पाँच विकेट लिए । उनले ३।५ ओभर बलिङ गर्दै १९ रन खर्खिएर पाँच विकेट लिए। अविनाश बोहराले दुई तथा ब्रान्डन म्याकमुलन र सईफ जैफले एक एक विकेट बनाएका थिए ।यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलनले ५३ रनको अर्धशतकीय पारी खेलका थिए । उनले ३६ बलमा तीन चौका र चार छक्काको सहयोगमा उक्त रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले ४३, ओपनर विनोद भण्डारीले ३५ र सईफ जैफले ११ रन बनाए ।