इन्द्रेणी संवाददाता
दाङ । ४५ औं विश्व पर्यटन दिवस दाङमा लम्बिनी प्रदेश स्तरीय कार्यक्रमको आयोजना गरी मनाइएको छ । लम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद र घोराही उपमहानगरपालिकाको आयोजनामा कार्यक्रम गरी मनाइएको हो ।

कार्यक्रमको उद्घाटन लम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेको थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश तराईँ, भित्रिमधेश, पहाड र हिमाल समेटेर बनेको भन्दै यहाँ आन्तरिक र वाह्य पर्यटनको सम्भावना अत्यन्त राम्रो भएको बताएका छन् ।

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी हाम्रै प्रदेशमा रहेको र त्यहाँ आएको विदेशी पर्यटकहरूलाई प्रदेशका अन्य जिल्लाका पर्यटकीय क्षेत्रमा घुमाउन सकिने भन्दै पर्यटकहरूलाई एक पटक लुम्बिनी घुम्न आह्वान गरे । ‘लुम्बिनी प्रदेश प्राकृतिक सान्दर्यता होस या धार्मिक, संस्कृतिक महत्वका हिसावले सबै हिसावले महत्वपूर्ण छ‘, उनले भने, ‘एक पटक लम्बिनी घुमौं, पर्यटकलाई म यही आह्वान गर्दछु ।’

प्रदेश सरकारले पनि यहाँको पर्यटन विकास र प्रवद्र्धनलाई प्राथमिकतामा राखेर १२ ओटै जिल्लालाई पर्यटन सर्किटका रुपमा विकास गर्ने गरी काम गरिरहेको उनले बताए । पर्यटन प्रवद्धनका लागि अहिले बुटवलमा दुई वटा केवुलकार समेत निर्माण भएर सञ्चालनमा आइसकेको समेत मुख्यमन्त्री आचार्यले बताए ।

कार्यक्रममा उद्योरग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषदका कार्यकारी अधिकृत रामु जोशी, लम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्याललगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेको कार्यक्रमको अध्यक्षतामा भएको कार्यक्रममा आएको सबैलाई घोराही उपमहानगरपालिकाका कार्यवहाक प्रमुख हुमा कुमारी डिसीले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा विभिन्न संस्कृति झल्किने नृत्य एवं झाँकीहरू प्रस्तुत गरिएको थियो भने कार्यक्रम स्थलमा विभिन्न समुदायमा बन्ने खान तथा परिकार, हस्तकला र स्थानीय उत्पादन प्रदर्शनमा राखिएको थियो । यस वर्ष ४५ औं विश्व पर्यटन दिवसका लागि ‘पर्यटन न्याय र शान्ति’ भन्ने मूल नारा तय गरिएको थियो ।