इन्द्रेणी संवाददाता
दाङ । दाङमा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा लमही नगरपालिका ५ न्यूरोड बस्ने २२ वर्षका रवि रसाइली, सोही ठाउँका २५ वर्षका आकाश रोका मगर, गढवा गाउँपालिका ६ कोइलावास बस्ने ३६ वर्षका अबदुल रङरेज र भारत उत्तर प्रदेश बलारामपुर घर भई हाल लमही ५ मा बस्दै आएका गुलाम मुस्ताफा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गोप्पले सूचनाका आधारमा प्रहरीले उनीहरूसँग चेकजाँच गर्दा दुई पुडिया अर्थात १२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।