काठमाडौँ । ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा।मुकेश पौडेलले जानकारी दिए ।
हैजा पुष्टि भएका सबै युवा ललितपुरको गोदावरी नगरपालिका १४ मा स्थिति सुधार केन्द्रका हुन् । उनीहरूमध्ये दुई जना उपचारका क्रममा भागेका छन् भने अन्य दुई जनामध्ये एक जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र अर्को एक जनाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । ललितपुर जनस्वास्थ्य कार्यालयका प्रमुख डा।भुवन पौडेलले सुधार केन्द्रमा रहेका युवामा एक्कासि झाडापखाला देखिएको र परीक्षण गराउँदा हैजा पुष्टि भएको बताए ।
झाडापखाला फैलिएको क्षेत्रमा सङ्घ, प्रदेश र स्थानीय तहको सहयोगमा सङ्क्रमण रोकथाम गरिएको उनले बताए शाखाका प्रमुख डा।पौडेलले सुधार केन्द्रमा इनारको पानी प्रयोग गरिएको र उक्त पानी दूषित रहेको बताए । हैजा यस्तो सरुवा रोग हो जुन थोरै समयमा अत्यधिक फैलिएर महामारीको रुप नै लिन सक्छ ।
