काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने भएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।

‘प्रधानमन्त्रीले गलेर राजीनामा दिने कुरा हुँदैन । संविधान बमोजिम संसदबाट विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ, बैठकपछि सचिव देवेन्द्र पौडेलले भने ।

मध्यरातमा नेकपा एमाले र काग्रेसबीच नयाँ गठबन्धनको सहमति भएपछि प्रचण्ड सरकार संकटमा परेको छ । सरकारलाई समर्थन दिएका एकीकृत समाजवादी, रास्वपा, नागरिक जनमुक्ति पार्टीलगायतको समर्थन कायमै रहेपनि प्रचण्डको सरकार अल्पमतमा परेको छ ।