सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको हेलम्बुमा भूकम्प ४.२ म्याग्निच्युडको भूकम्प गएको छ ।

हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गएराति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले क्षति पुगेको विवरण भने आएको छैन ।

२०७२ सालको गोरखा भूकम्पका कारण जनधनको अकल्पनीय क्षति व्यहोरेका सिन्धुपाल्चोकबासी गएराति वर्षाको बेला जमिन हल्लिँदा त्रसित भएका थिए ।