दाङ । दाङमा चट्याङ लागेर दश बर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–४ खाद्रे निवासी दश वर्षका सुबास बिक छन् ।
सोमवार बेलुका करिब ६ बजेतिर घरको आँगनमा बसेर मोबाइल चलाइरहेको समयमा नजिकै रहेको भाँडा राख्ने ¥याकमा चट्याङ लाग्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
चट्याङ लागेर घाइते भएका बालकलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको लागि ल्याइएको थियो । तर केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए ।











