इन्द्रेणी संवाददाता
काठमाडौं । प्रतिनिधिसभाबाट आज बजेट पास हुँदैछ । बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। सो प्रस्तावलाई आजै प्रतिनिधिसभाबाट पास गर्ने तयारी छ ।
यता प्रमुख प्रतिपक्ष दल कांग्रेसले भने बजेट पास गर्ने दिन संसदमा सबै सांसदलाई अनिवार्य उपस्थित हुन् ह्विप जारी गरेको छ। गत शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले सबै सांसदलाई अनिवार्य उपस्थित हुन भनेको हो।
बजेटमा सत्ता पक्षकै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत असन्तुष्टि व्यक्त गर्दै आएका छन् । बजेट पास हुनु अघि आजै विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची समेत छ ।
