काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सोमबार संसद्मा विश्वासको मत लिँदैछन् । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

वैशाख ३१ जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्। सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। प्रधानमन्त्रील यो कार्यकालमा चौथोपटक विश्वासको मत लिन लागेका हुन्।

प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले बिहान १० बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। यद्यपि कांग्रेसको अवरोधका कारण प्रधानमन्त्रीले विश्वासको मत लिने कार्य प्रभावित हुने देखिएको छ। कांग्रेसले ‘गृहमन्त्री रवि लामिछानेले सहकारीमा गरेको रकम हिनामिना’ प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदन अवरोध जारी राख्ने बताएको छ।