दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् । कन्द्रको सरकारमा सत्ता समीकरण फरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री चौधरीले पदबाट राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री चौधरी आज बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गरेर राजीनामा दिने तयारी गराएका हुन् । मुख्यमन्त्री चौधरी वैशाख १४ मा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भई वैशाख १९ मा विश्वासको मत लिएका थिए ।
