बिजौरी । तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ स्थित गन्यारी कृषि सहकारी संस्था विजौरीमा आज विहिबारदेखि ३ दिने मौसमी तथा बेमौसमी तरकारी खेती तालिम सुरु भएको छ ।
तुलसीपुर उपमहानगर पालिकाका उपप्रमुख स्यानी चौधरीले तालिमले पर्याप्त नहोला तर यस्ता तालिमहरु धेरै लिन आवश्यक भएको वताएकी छिन । यो तिन दिने तालिम खासका छोटो हो तर पनि यो तालिमले तपाईको जिवनलाई केहि परिवर्तन ल्याउन सक्छ भन्नेमा म आशावादी छु । प्रमुख अतिथि समेत रहेकी चौधरीले भनिन– तालिमले तपाईको जिवनलाई केहि न केहि कुरा सिकाउने छ । हामी केहि कुरा वुभ्mन सकेनौं भने हामी झन पछाडी पर्छो । त्यसैले तपाई सँगै तपाईको समाजमा पनि यो सिपको महत्व हुन जान्छ ।
कार्यक्रमका विशिष्ट अतिथि तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १८ का वडाध्यक्ष माधव वलीले यो तालिमले व्यक्ति मात्रै नभएर पुरै समाजलाई फाइदा हुने कुरामा जोड दिए । तालिममा तुलसीपुर उपमहानगरपालिका वडा नंबर १ देखि १९ वडा भित्रका २० जना महिला कृृषकहरुको सहभागिता छ ।











