बारा । बाराको निजगढ नगरपालिका –७ मा ग्याँस सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रोहित वर्कसप लेथका सञ्चालक सोही ठाउँ बस्ने वडा –५ का ४५ बर्षे रेशम मगर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेसप्रसाद काफ्लेले बताए ।

फलाम काट्नेक्रममा ग्याँस सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भएको मगरको वीरगञ्जस्थित नेपाल मेडिसिटी व्योधा अस्पतालमा उपचारको क्रममा दिउँसो मृत्यु भएको हो । सोही अस्पतालमा उपचार गराइरहेका अन्य घाइतेहरु वीरगञ्ज महानगरपालिका –९ बस्ने ३४ वर्षीय फिरोज देवान, सोही ठाउँका २० वर्षीय रितु रजत, भारतको गवाई बस्ने ३५ वर्षीय राकेश जयसवाल, सोही ठाउँ रामगढवा बस्ने २० वर्षीय अरविन साहको उपचार भइरहेको छ ।