काठमाडौं । आज जहानियाँ राणा शासनको अन्त्य भएको दिन अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आजभन्दा ७३ वर्षअघि आजकै दिन जहानियाँ राणा शासनको अन्त्य भएको हो ।
२००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ । आज देशैभर विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइदैछ ।
फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । २०६३ साल वैशाख ११ गते लोकतन्त्र प्राप्त भयो भने २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित भयो ।
प्रजातन्त्रकै जगमा देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि अझै नागरिकले भने र खोजेजस्तो नभएको भन्दै गुनासा र असन्तुष्टि बढिरहेका छन् ।











