काठमाडौँ । टस जितेर व्याटिङमा उत्रिएको नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो तर दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटले पराजित भएको छ ।
दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटमा नेपालले दिएको १९८ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तानले ४७ दशमलव ४ ओभरका पाँच विकेटको क्षतिमा २०५ रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।
पाकिस्तानका लागि अजन अविसले सर्वाधिक अविजित ६३ रन बनाए । साम्यल हुसेन र शाहजिब खानले समान ३७/३७ रन बनाएका थिए । यस्तै अहमद हसनले २९ र हारोन अर्सदले १५ रन बनाए











