दाङ । दाङको तुलसीपुरमा एक व्यक्तिले रडले हानेर पत्नीको हत्या गरेका छन् । तुलसीपुर उपमहागनरपालिका–४ का ४३ बर्षीय पेण्डुवा चौधरीले घरायसी विवादमा आफ्नी ४२ वर्षीया पत्नी लक्ष्मी चौधरीको हत्या गरेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
रक्सीले मातेका उनले गए राति पत्नीलाई रडले टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि प्रहरीले चौधरीलाई पक्राउ गरेको छ ।











