इन्द्रेणी संवाददाता

पछिल्लो समय द्वन्द्वको चपेटामा परेको रुस र युक्रेनका लागि श्रम स्वीकृति बन्द भएको छ । द्वन्द्व चलिरहेकाले यसको चपेटामा परेर हताहत हुने सम्भावनालाई न्यूनीकरण गर्न सरकारले रुस र युक्रेनका लागि श्रम स्वीकृति दिन रोकेको हो।

तत्कालका लागि सम्भावित क्षतिलाई न्यूनीकरण गर्न वैदेशिक रोजगार विभागले अर्को व्यवस्था नभएसम्मका लागि श्रम स्वीकृति स्थगन गरेको जनाएकाे छ।

रुस र युक्रेनबीच लामो समयदेखि युद्ध चलिरहेको छ। यी देशबीचको युद्धमा सामेल भई धेरै नेपाली नागरिकले ज्यान गुमाएपछि विभागले व्यक्तिगत र संस्थागत श्रम स्वीकृति स्थगन गरेको हो।