बर्दीबास । सशस्त्र प्रहरीले नेपाल भारत सीमा नाका मटिहानीबाट स्रोत नखुलेको १४ लाख नेपाली रुपियाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जनकपुर उपमहानगरपालिका १९ का २३ वर्षीय राजु यादव र भारत सीतामढी जिल्ला पश्चिम चरौतका ४८ वर्षीय अवधेश मण्डललाई पक्राउ गरेको हो ।

सीमापारिको भारतीय बजार मधवापुरबाट नेपालतर्फ आउँदै गरेका भारतीय नागरिक मण्डललाई खानतलासी गर्दा एक हजार दरका दुई सय र पाँच सय दरका चार सय वटा नोट गरी चार लाख बरामद गरेको छ । पुनः राजु यादवबाट एक हजार दरका सात सय वटा र पाँच सय दरका छ सय वटा नेपाली रुपियाँको नोट गरी १० लाख रुपियाँ फेला परेको सशस्त्र प्रहरी निरीक्षक भोलाकुमार श्रेष्ठले जानकारी दिएका छन् ।