हुम्ला । शहर बजारकाले सुविधाजनक गाडी चढेवाफत भाडा तिरर्छन् । तर कर्णालीका जनताले नदीमा हालिएको तुइन चढेवाफत भाडा तिर्रछन् । यो उनीहरुको रहर होइन बाध्येता हो । सर्केगाड गाउँपालिका– २, ल्याप्चेमा व्यवसाय सञ्चालन गरेका स्थानीयले आफ्नै लगानीमा तुइन निर्माण गरी पैदल यात्रुबाट एक सय भाँडा लिएर नदी तार्ने काम गर्दछन् ।

ल्याप्चेस्थित कर्णाली नदीमाथि व्यक्तिगत लगानीमा निर्माण गरिएका तुइनमा तर्नुभएका पैदल यात्रु सरोज रावतले एक सय भाडा तिरे । पैदल यात्रुलाई डेढ घण्टा लामो बाटो हिँड्न नपर्ने भएपछि स्थानीयले निर्माण गरेको तुइनमा भाडा तिरेर चढ्दै आएका छन् । एक पटक तुइनमा नदी पार गर्न दुई जनासम्म यात्रु राख्ने गरिन्छ ।

उनले बसको टिकट काटे जस्तै अग्रिम रूपमा भाडा बुझाएर मात्र तुइन तर्न पाउने व्यवस्था गरिएको बताए । कर्णाली पारिपट्टि पनि घोडेटो बाटो भएको तर त्यस बाटो हिँड्दा डेढ घण्टा बढी समय लाग्ने भएका कारण तुइन तर्दै आउने गरेका छन् । तुइन निर्माण गरेर भाडा असुल्दै आएका सञ्चालक वीरबहादुर थापाले व्यक्तिगत लगानी गरेर मानिस र सामान ढुवानी गरेको भाडा लिने गरिएको बताए ।

मानिस तारेको प्रतिव्यक्ति एक सय रुपियाँ र सामान प्रतिकेजी दुई रुपियाँका दरले भाडा उठाउने गरिएको छ । यसरी तुइनकै भरमा नदी पार गर्न वाध्य कर्णालीवासीहरु राज्इबाट साह्ै उपेक्षित भएका छन् । निर्वाचनका वेला यही ठाउँबाट विभिन्न आश्वासन दिदै चुनाव जित्ने नेताहरु चुनाव जितेपछि फर्केर आउँदैछन् ।