दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । शनिवार माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसी र कांग्रेसबाट प्युठानका सरोज थापालाई मन्त्रीमा नियुक्त गरेर चौधरीले मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
अस्ति शुक्रवार नै मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि कांग्रेसभित्र कुरा नमिलेपछि रोकिएको थियो । नवनियुक्त दुई मन्त्रीको आजै शपथको तयारी छ ।
केसीले खानेपानी, ग्रामीण तथा सहरी विकास र थापाले पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउनेभएको छन् । यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रीमण्डल थियो । दुई मन्त्री थपिएसँगै लुम्बिनीमा नौ सदस्यीय मन्त्रीमण्डल भएको छ ।
