दाङ । दाङको घोराही–१७ स्थित गुलरिया क्रिकेट मैदानमा सोमबारदेखि शुरु प्रतियोगिताको फाइनल खेलमा रुपन्देहीलाई ७ विकेटले पराजित गर्दै दाङले उपाधि जितेको छ ।
टस जितेर सुरुवाती ब्याटिङ गरेको रुपन्देहीले १९ ओभरमा सबै विकेट गुमाउँदै ७८ रन बनाएको थियो । ७९ रनको लक्ष्य पाएको दाङले ११ प्वाइन्ट २ ओभर खेल्दै ३ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । प्रतियोगिताका विजेता र उपविजेता टिमलाई सिल्ड तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
लुम्बिनी प्रदेशका ६ टिमको सहभागिता रहेको छनौट प्रतियोगितामा दाङ र रुपन्देही फाइनलमा पुगेका थिए । छनौट प्रतियोगितामा सहभागी ६ टिमबाट उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीबाट प्रधानमन्त्री कपका लागि लुम्बिनी प्रदेश स्तरीय महिला टिम छनौट क्रिकेट संघ लुम्बिनीका सचिव कैलाश रोका मगरले बताउनुभयो ।
