काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित एक नेपाली र एक चिनिया मूलका भारतीय नागरिक सुनसहित दुईजना पक्राउ परेका छन्।

फ्लाई दुबईको विमानबाट गएराति काठमाडौं आएका उनीहरूलाई विमानस्थल भन्सार र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो। सुनको यकिन परिमाण र विस्तृत विषय अनुसन्धान भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिएका छन्। सुनसहित पक्राउ हुनेमा नेपाली गोरखा वारपाकका चन्द्र घले रहेको प्रहरीले जनाएको छ ।