यतिबेला दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन सन्निकटमा छ । निर्वाचनका लागि विभिन्न उद्योगी व्यावसायीहरु आ आफ्ना प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
यसै चुनावमा महासचिव पदको उम्मेदवारको रुपमा प्रस्तुत भएका छन् महेन्द्र बुढाथोकी । निवर्तमान महासचिव समेत रहेका बुढाथोकी प्रतिष्ठित युवा व्यावासी हुन् । युवा व्यावसायी मात्र नभएर उनि सफल युवा नेतृत्व पनि हुन् ।
स्पष्ट वक्ता, हक्की स्वाभाव, दयालु चरित्र भएका व्यावसायी नेतृत्व बुढाथोकी सबै व्यावसायीहरुको रोजाइमा पर्ने नेतृत्व हुन् । सबै उमेर समूका व्यावसायी संग समान व्यावहार गर्ने, सबै उमेर समूहलाई एकताको एउटै सुत्रमा बाँधेर अगाडि बढ्न सक्ने भएकाले उनि जिल्लाका सबै उमेर समूहका व्यावसायीहरु बिच लोकप्रिय भएका छन् ।
सबैलाई समन्वयन गरेर अगाडि बढ्न सक्ने र सबैको मन मथिंगलमा पसेर उनको मनको कुरा पढ्ने र त्यहि अनुसार व्यावहार गर्न सक्ने अदभुत कला भएका बुढाथोकी व्यावसायिक जमघटमा कहिले बुढापाका नेतृत्वका बिचमा भुलिरहेका हुन्छन त कहिले युवा व्यावसायीहरुको बिचमा रमाइरहेका हुन्छन । यो उनको विशेषता हो ।
ऐन बखतमा व्यावसायीहरुलाई कुनै संकट आइपर्दा रात दिन नभनी संकटका अगाडी सतिसाल भएर उभिनु र समस्याको समाधान गर्नु यो उनको अर्को बिशेषता हो । उनि उद्योग वाणिज्य संघको नेतृत्वमा हुँदा जिल्लामा परेका समस्याहरु विश्व व्यापी महाकालकोरुपमा आएको कोभिडका बेला जीवन हत्केलामा राखेर अहोरात्र मानवसेवामा खटिएको देखिन्थे । यस्तै जिल्लामा हुने प्राकृतिक प्रकोप, घटना-दुर्घटना, आगलागी जस्ता समस्यामा अग्रपंक्तिमा उभिएर व्यावसायिक हकहितका लागि काम गरेकाले सबैको मनमुटुमा बास गर्न सफल छन् उनि ।
सकेसम्म आफ्ना कारणले कसैको मन नदुखोस भन्ने र पीडामा परेका व्यावसायीहरुको घाउमा मल्हम बन्न तत्पर बुढाथोकी एक निडर नेतृत्व पनि हुन् । परेका बेला उनि चिनेजानेका मात्र होइन अपरिचित व्यक्तिको पनि समस्यामा अगाडी बढ्ने उनको चारित्रिक कौशलता हो । सडक व्यापारीहरुको उचित व्यवस्थापन, साना व्यापारीहरुको समस्याको पहिचान र समाधान,साना मझौला तथा ठुला उद्योग संचालन र सम्भाव्यता अध्ययन, वजार व्यावस्थापन लगायतका कामहरुमा उनले खेलेको भूमिकाको व्यावसायीहरुले मुक्तकण्ठले प्रसंशा गर्छन र त उनि सबै सामु लोकप्रिय बनेका छन् ।
उद्योग वाणिज्य संघमा एक कार्यकाल सदस्य र एक कार्यकाल महासचिव भएर आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गरेका बुढाथोकी भन्छन – उद्योग वाणिज्य संघको नेतृत्वमा भएर काम गर्दै गर्दा मैले धेरै अनुभव बटुलेको छु । बिकास निर्माण देखि सबै कुरामा निजी क्षेत्रको अत्यन्तै महत्वापूर्ण हात हुने गर्दछ । सबै कुरा सरकारले मात्र गरिदियोस भनेर पर्खेर बस्ने हो भने हाम्रो ठाउँ पछी पर्छ । त्यसैले जिल्लाको समग्र विकासका लागि निजी क्षेत्रले जे सक्छ त्यो गर्नुपर्छ र हामी गर्नेछौं ।
यस्तै कुनैपनि ठाउँको बिकास गर्नका लागि पर्यटन क्षेत्र महत्वपूर्ण हो भन्ने उनको भनाई रहेको छ । जिल्लाको पर्यटन क्षेत्र पहिचान, बिकास तथा प्रचारका लागि आफु नेतृत्वमा आएपछि लागि पर्ने स्थानीय उत्पादनहरुलाई विश्व बजार सम्म पुर्याउन पहल गर्ने, साना तथा मझौला उद्योगहरु संचालन तथा स्थायित्वका लागि नेतृत्वमा आएपछि उचित पहल गर्ने उनको दृष्टिकोण रहेको उनि बताउछन ।
मानविकीमा स्नातकोत्तर बुढाथोकीले एम.डी.एस. पोल्ट्री सोलुसन, बुढाथोकी पोल्ट्री फिड संचालनमा ल्याएका छन् भने होटेल व्यावसाय र शिक्षा क्षेत्रमा समेत उनको लगानी रहेको छ । उनि घोराही दाङमा अवस्थित सभ्यता पाठशालाका अध्यक्ष समेत हुन् ।
