इन्द्रेणी संवाददाता

रोल्पा : प्रतिनिधिसभाका पूर्व सभामुख कृष्णबहादुर महराले रोल्पाको त्रिवेणी गाउँपालिकाको रिची नजिकै मंगलबार भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

बुधबार एक शोक वक्तव्य सार्वजनिक गर्दै पूर्व सभामुख महराले उक्त दुखद दुर्घटनामा परि निधन भएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका हुन् । साथै वक्तव्य मार्फत महराले मृतकका शोकाकूल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

उनले घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न नेपाल सरकार समक्ष हार्दिक अनुरोध समेत व्यक्त गरेका छन् ।

त्यस्तै पछिल्लो केहि दिन यता लगातार परेको बाढीका कारण ज्यान गुमाएका देशभरका नागरिकहरुलाई समेत हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै बर्षायाममा हुन सक्ने सम्भावित जोखिम प्रति सचेत रहन समेत पूर्व सभामुख महराले सबैलाई अनुरोध गरेका छन्

रोल्पाको बागमारा देखि थवाङ-घोराही सहिदमार्गबाट दाङको घोराही तर्फ आउँदै गरेको ना ५ ख २६१२ को यात्रुबहाक बस रोल्पा त्रिवेणी गाउँपालिकाको रिची भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।