काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको फैसला आज हुने भएको छ।
सर्वोच्च अदालतमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बुधबार सुनुवाइ सकेको थियो। तर रिट ‘हेर्दाहेर्दै’मा राखिएको छ।
सुनुवाइ सकिएको र बिहीबार अन्तिम आदेश नै गर्ने सर्वोच्च अदालत स्रोतले जनाएको छ। नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा हालै बनेको कोशी प्रदेश सरकारको भविष्य निर्धारण गर्ने भएकाले फैसला महत्त्वपूर्ण मानिएको छ।
मुख्यमन्त्री नियुक्ति प्रक्रिया संवैधानिक भएको भन्दै गत असार २२ गते निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।











