दाङ । रोटरी क्लब अफ दाङको अध्यक्षमा प्रदीप मजगैया निर्वाचित भएका छन् । क्लबको बर्ष २०२३÷०२४ कालागी मजगैयाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । मजगैयाँले शनिवार पदभार ग्रहण गरेका हुन् । क्लबले शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गरी नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गराएको छ ।

निवर्तमान अध्यक्ष ओविन्द्रबहादुर महराले नवनिर्वाचित अध्यक्ष मजगैयालाई पद हस्तान्तरण गरेका थिए । नवनिर्वाचित अध्यक्ष मजगैयाँ दाङ जिल्ला क्रिकेट संघको अध्यक्ष, नेपाल घरेलु तथा साना उद्योग महासंघको अध्यक्ष, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रको कार्यकारी निर्देशक लगायत विभिन्न सामाजिक संघसंस्थामा आवद्ध छन् ।

क्लबको नयाँ कार्यसमितिको प्रस्ताविक आगामी अध्यक्ष प्रदीप सुवेदी, मनोनित अध्यक्ष रोशन दाहाल, उपाध्यक्ष मस्कुर अहमद, सचिव भरतराज देवकोटा, कोषाध्यक्ष बुद्धिप्रकाश शर्मा, सजेन्ट ईनाम रजिव उल्लाह खान, क्लब ट्रेनर डा.चेतनारायण पाण्डे, सहसचिव युवराज पन्त, सर्भिस डाईरेक्टर गजेन्द्र बर्मा, सदस्य डाईरेक्टर बसन्तराज अधिकारी, पब्लीक ईमेज डाईरेक्टर कमल रेग्मी, सर्भिस डाईरेक्टर रामप्रसाद पोख्रेल, फाउन्डेशन डाईरेक्टर ई. जिवन आचार्य, क्लब मेन्टर पदम कुमार के.सी र मिडिया कोर्डिनेटरमा आर.के.शीतल रहेका छन् ।