दाङ । तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा थप ८ ओटा डायलासिस मेसिन जडान गरिएको छ । यसअघि चार ओटा डायलासिस मेसिन भएको अस्पतालमा थप ८ ओटा मेरिन थपिएसँगै अब १२ ओटा पुगेका छन् ।
थप ८ सँगै अस्पतालमा १२ ओटा मेसिनबाटै सेवा दिन शुरु भएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ओम अर्यालले बताए । अहिले हामीले पहिलेका चार र थप नयाँ आठ ओटा गरी १२ वटै मेसिनबाट सेवा दिन थालेका छौं, उनले भने ।
थप नयाँ मेसिन जडानसँगै मिर्गौला पीडितलाई सहज हुने अस्पतालले जनाएको छ । यसअघि बिरामी धेरै भएकाले डायलासिस गर्न मेसिनको अभाव हुँदा बिरामीले पीडा खप्दै आएका थिए ।
प्रादेशिक अस्पतालमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पठाएका ८ ओटा मेसिन बजेटको कमी तथा जनशक्तिको अभाव भएका कारण जडान हुन सकेको थिएन।
