काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
आइतवार राति १२ बजेपछि लागू हुने गरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १० रुपैयाँ, पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ र डिजलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको हो ।
ग्यासको मूल्य अब प्रतिसिलिन्डर १७ सय ९० रुपैयाँ पर्नेछ । त्यस्तै पेट्रोल तराईमा १६१ रुपैयाँ ५० पैसा, भित्री मधेशका जिल्लाहरुमा १६३ रुपैयाँ र काठमाडौंमा १६४ रुपैयाँमा पर्ने छ।
डिजेलको नयाँ मूल्यअनुसार तराईमा १४३ रुपैयाँ ५ पैसा, भित्री मधेशका जिल्लामा १४५ रुपैयाँ र काठमाडौंमा १४६ रुपैयाँ भएको छ। निगमले आजदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । अब भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि मूल्य बढ्नेछ भने घटेर आउँदा घट्नेछ ।
