नवलपरासी । नवलपरासीमा आफ्नै भाउजूको हत्या गरेको अभियोगमा देवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रामग्राम नगरपालिका १० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको अभियोगमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जग्गाको विषयलाई लिएर वादविवाद हुँदा चन्दनले मिराको हत्या गरेको प्रहरीले जनाएको छ । विवादका क्रममा मोटरसाइकलको शकर प्रहार गरी भाउजू मिरालाई गम्भीर घाइते बनाएका थिए । मिराको उपचारका क्रममा मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
