काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले विचारविनाका पार्टीहरूको लहर चलेको टिप्पणी गरेका छन्।
मदन भण्डारीको ७२ औँ जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले विचारविनाका पार्टीहरूको लहर चलेको बताए। राजनीतिक पार्टीहरू समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्ने भए पनि त्यसो नभएको अध्यक्ष ओलीको भनाइ छ ।
राजनीतिक दल र नेताहरूले गरेको योगदानको चर्चा र स्मरण गर्न नसकिएको भन्दै उनले आफ्ना अभिभावकको योगदानको कदर गर्ने परिपाटी अन्त्य हुँदै गएकोमा चिन्ता व्यक्त गरे।
‘











