काठमाडौँ । थोक व्यवसायीले आलुु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गरेका छन् ।
नेपाल कृषि उपज आलु, प्याज आयात निर्यात तथा थोक बिक्रेता सङ्घले सोमबार पत्रकार सम्मेलन गरेर बजेटमार्फत लगाइएको भ्याटका कारण आलु, प्याज महँगो भई उपभोक्ता मारमा पर्ने भन्दै खारेज गर्न माग गरेका हुन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत आलु, प्याजको आयातमा भ्याट लगाउने व्यवस्था गरेको थियो । सङ्घले आलु र प्याजमा लगाइएको भ्याट नहटाएसम्म आयात नखुलाउने जनाएको छ । भ्याट लागेयताको डेढ सातादेखि आलु, प्याजको आयात नगरेको सङ्घका अध्यक्ष मोहन बानियाँले बताए ।

सरकारले आलु, प्याजमा नौ प्रतिशत कृषि सेवा शुल्क, अग्रिम आयकर पाँच प्रतिशत गरी १४ प्रतिशत कर लगाउँदै आएकामा थप १३ प्रतिशत भ्याट लगाउने भएको छ । त्यस्तै