इन्द्रेणी संवाददाता
शिक्षा क्षेत्रमा विश्वमा छुट्टै पहिचान गराउन सफल चौधरी ग्रुपद्वारा संचालित काठमाडौ वर्ल्ड स्कुलका अध्यक्ष इन्जिनियर डाक्टर मिथ्लेस कुमार झा र प्रिन्सिपल केशव खुलालले दाङको घोराहीमा अवस्थित सभ्यता पाठशालाको अवलोकन गर्नुभएको छ ।
दाङमा रहेर पनि राजधानीलाई टक्कर दिने शिक्षा प्रणाली अवलम्बन गरेको सभ्यता पाठशालामा अध्यक्ष झा र प्रिन्सिपल खुलालले सभ्यता पाठशालाले प्रदान गर्ने शिक्षा प्रणाली, भौतिक संरचना र मानव श्रोत साधनको बारेमा चासो राख्दै मोफसलमा स्थापना गरेर पनि अब्बल शिक्षा प्रदान गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
आफुहरुले मोफसलमा स्थापित सभ्यता पाठशालाको बिकासका निम्ति सल्लाह सुझाव प्रदान गर्ने भन्दै अध्यक्ष झा र प्रिन्सिपल खुलालले सभ्यता पाठशालाका शिक्षकहरुलाई तालीम समेत प्रदान गर्ने बताउनुभयो ।
