काठमाडौं । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक भोलि सोमवारसम्मका लागि स्थगित भएको छ ।
नागरिकता विधेयक र प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा विरोध जनाउँदै तीन दलले बैठक चल्न नदिएपछि सभामुख देवराज घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गरेका थिए ।
तर दलहरूले सरकारले माफी नमागेसम्म बैठक चल्न नदिने अडान लिएपछि अर्को बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो । अर्काे बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ ।
