काठमाडौं । आगामी आर्थिक वर्षमा सरकारले दाङको टरीगाउँसहित आठ वटा विमानस्थलको स्तरोन्नति गर्ने भएको छ ।
नयाँ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले दाङको टरीगाउँ, रुकुमको चौरजहारी, उदयपुरको सगरमाथा, जुम्लाको खलङ्गा विमानस्थलको स्तरोन्नति गरिने बताएका छन् ।
त्यस्तै विराटनगर, भरतपुर, नेपालगञ्ज र धनगढी विमानस्थलहरूको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलको रूपमा विकास गरिने छ । दुर्गम क्षेत्रमा उडान भर्ने हवाई कम्पनीलाई सहुलियत दिई हवाई यातायात सुविधालाई सहज र सुलभ बनाइने समेत सरकारले घोषणा गरेको छ ।
त्यस्तै गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा सहुलियत दिने अर्थमन्त्री महतले बताए ।











