काठमाडौँ । सरकारले अहिलेसम्म प्रतिवन्ध गर्दै आएको गाजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

संसदमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै औषधिजन्य प्रयोगको लागि गाँजा खेतीको अध्ययन गरिने बताए । सरकारले बजेटमा नै व्यवस्था गरेर गाँजा खेतीको औषधिजन्य प्रयोगको अध्ययन गर्ने भएको हो ।