काठमाडौँ । मुलुकमा गणतन्त्र घोषणा भएको १५ वर्ष पूरा भएको छ । अर्थात राजनीतिक दलको सकृयता र जनताको मलिदानीबाट स्थापना भएको गणतन्त्र १६ वर्षमा प्रवेश गरेको छ । यसलाई आज विभिन्न कार्यक्रमको आयोजना गरी आज देशव्यापी रूपमा मनाइँदैछ ।

पछिल्लो चरणमा दलहरुका कारणले नैराश्यता पैदा भएका जनताले गणतन्त्र मनाउनमा खासै चासो नदेखाएपनि विशेष गरी सरकारका निकायहरुले मनाउदै आएका छन् । यसैक्रममा देशका विभिन्न स्थानमा सरकारी निकायबाट यो दिवव मनाउने जमर्काे गरिएको छ । दिनको अवसरलाई पारेर सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।

वि.स. २०६२ ६३ को जनआन्दोलनको जगमा गठन भएको जननिर्वाचित संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । गणतन्त्र घोषणासँगै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको शुभारम्भ भएको थियो भने करिब अढाई सय वर्षको इतिहास बोकेको शाहवंशीय राजतन्त्रको बिदाइ भएको थियो ।