
काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा (एसईई) परीक्षा आजदेखि सुर भएको छ । बिहान ८ बजेदेखि देशभरका २ हजार ३७ परीक्षा केन्द्रमा सुरू भएको हो ।
परीक्षामा ७ हजार २ सय ६५ सामुदायिक र ४ हजार ५ सय ६४ निजी गरी ११ हजार ४ सय २९ विद्यालयका विद्यार्थी एसईईमा सम्मिलित छन् । परीक्षामा चार लाख ८४ हजार २ सय २७ जना परीक्षामा सहभागी छन् ।
