काठमाडौं । प्रचण्डले गठबन्धन बदलेपछि सत्ता छोडेको नेकपा एमालेले विपक्षी दलको मान्यता माग गर्दै संघीय संसद सचिवालयलाई पत्र लेखेको छ।

महासचिव शंकर पोखरेलले संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमलाई सम्बोधन गर्दै विपक्षी दलको मान्यता दिन माग गरेका हुन्।

सचिवालयका प्रवक्ता एकराम गिरीले विपक्षी दलको मान्यता दिन आग्रह गर्दै पत्र आएको बताए ।
गत फागुन १५ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमालेले प्रतिनिधिसभामा आफूलाई विपक्षी दलको मान्यता दिनुपर्ने माग गरेको हो।