काठमाडौं । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि उम्मेदवारीको अन्तिम नामावली प्रकाशन भएसँगै प्रचार प्रसार गर्न खुला गरिएको छ ।
फागुन २७ गते उम्मेदवार मनोनयन गराएका उम्मेदवारको छानबिन र उम्मेदवारी फिर्ता गरेपछि हिजो अन्तिम नामावली प्रकाशन गरिएको हो । चुनावको प्रचारप्रसारका क्रममा रङ्गरोगन गर्न र पोस्टर टाँस्न भने पाउने छैनन् ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार उम्मेदवारले पर्सि चैत २ गते राति १२ बजेसम्म प्रचारप्रसार गर्न पाउनेछन् ।
