काठमाडौँ । नेकपा एमाले फुटाएर एकीकृत समाजवादी पार्टी खोलेदेखि नै बोल्चाल बन्द गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माघवकुमार नेपाललाई राष्ट्रपति बन्न प्रस्ताव गरेका छन् ।

राष्ट्रपति सहमतिका नाउमा नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा काग्रेसलाई सघाउने लक्ष्ण देखाएपछि ओलीले विगतका तिक्कततालाई विर्सदै नेपाललाई राष्ट्रपति बन्न प्रस्ताव गरेका हुन् ।

आइतबार साँझ महाराजगन्जस्थित एक घरमा भएको ४ घण्टा लामो वार्तामा ओलीले नेपाललाई राष्ट्रपतिको प्रस्ताव गरेका हुन् । ओलीले एकीकृत समाजवादी एमालेमा समाहित गर्नसमेत प्रस्ताव गरेका छन् ।

राष्ट्रपति निर्वाचनमा निर्णायक शक्ति रहेको माओवादीले पदाधिकारी बैठक गरेरै पुस १० मा एमालेसँग भएको सत्ता साझेदारीको परिस्थिति बदलिएको निष्कर्षसहित स्वार्थ मिल्नेसँग राष्ट्रपति निर्वाचनमा सहकार्य गर्ने निर्णय लिएको छ । यसले राष्ट्रपतिमा एमालेसँग सहकार्यको ढोका लगभग बन्द गरेको छ ।
राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।