अभिषेक बोहरा / दाङ –  प्रदेशस्तरीय घरेलु उद्योग तथा कृषि प्रदर्शनीमा फाल्गुन ७  गते आउने कलाकारहरु गायीका ज्योति मगर, गायक पुस्कल शर्मा, मोडल टीका जैसी, श्रृजना मगर, लक्ष्मीमान चौधरी लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएका छन्।

“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा दोस्रो दिनबाट सांस्कृतिक कार्यक्रमहरु सुरु भएका हुन् । चौथो दिन गायीका टीका प्रसाईले दर्शकहरुलाई मनोरञ्जन दिएकी थिईन् । गायीका प्रसाईले आफ्ना चर्चीत गीतहरु प्रस्तुत गर्नुभएको थियो । उहाँले ‘नाई मलाई थाहा छैन, माया लुकी लुकी, तम्रा आँखा गाँजले, सीधा बोले भैगो नि’ लगायतका गीतहरु प्रस्तुत गर्नुभयो ।

उहाँसँगै चौथो दिन प्रकाश रेग्मी, कला लम्साल, एम.टी महर, प्रकाश प्रीय कुसुम्या लगायतका कलाकारहरुले प्रस्तुति राख्नुभएको थियो ।

महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । त्यस्तै सर्वसाधारणका लागि रु. १ सय तथा विद्यार्थीको हकमा रु ६०  रुपैयाँ टिकटदर कायम गरिएको छ ।

महोत्सवमा उपस्थितिकालागि आयोजकले सम्पूर्णमा अनुरोध गरेको छ ।