दाङ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेलभुण्डीस्थित नेपाल संस्कृत विश्व विद्यालय आयुर्वेद शिक्षण भवनको उद्घाटन गरेकी छन् । भवनको उद्घाटन गर्दै मानव स्वास्थ्यमा आयुर्वेद उपचार पद्धती निकै महत्वपूर्ण भएको बताएकी छन् ।

कार्यक्रममा मुख्य वक्ताको रुपमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आयुर्वेद उपचार पद्धती हाम्रो मौलिक स्वास्थ्य पद्धतिका रुपमा रहेका धारणा राखिन । उनले आयुर्वेद पूर्वीय सभ्यताको मात्रै नभई संसारकै साझा भएको बताइन् ।

राष्ट्रपति भण्डारीले अर्काे एक प्रशंगमा संस्कृत भाषा र साहित्य मानिस भित्रको आन्तरिक क्षमतालाई विकसित तुल्याउने क्षमता भएको भन्दै उनले यसबाट जीवन र गजतलाई हेर्ने, विश्लेषण गर्ने, त्यसप्रतिको धारणा निमार्ण गर्न रचनात्मक दृष्टिकोणको विकास हुन्छ भन्ने कुरामा विश्वस्त रहेको बताइन् ।

कार्यक्रम अघि राष्ट्रपति भण्डारीलाई भव्य स्वागत गरिएको थियो । सुचना तथा संचार मन्त्री रेखा शर्मा , विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादव प्रसाद लामिछाने , लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन लगायतकाले भव्य स्वागत गरेका थिए । २४ करोड ७२ लाखको लागतमा २०७४ मंसिर ३ गते निर्माण कार्य पूरा भएको भवनको १०८ कोठा छन् ।