दाङ । दाङमा व्यवसायिक बाख्रा पालन गर्दै आएका किसानको बाख्राखोरमा चितुवा पस्दा दुई लाख बराबरको क्षति पुगेको छ । चितुवाले बाख्रा खोरमा परेर १७ वटा बाख्रा मारिदिएपछि क्षति भएको हो ।
लमही नगरपालिका–१ का वसन्तराज अधिकारीले पालेका १७ वटा बाख्रा चितुवाले मारिदिएको हो । बाख्रा बाँधेर राखेको खोरभित्रै पसेर चितुवाले बाख्रामाथि आक्रमण गरेको बताइएको छ ।
खोरमा १९ वटा बाख्रा भएपनि चितुवाले १७ वटालाई आक्रमण गरी मारेको ती व्यवसायीले बताएका छन् । यसरी चितुवाले बाख्रा मारेपछि दुई लाख रुपैयाँ भन्दा बढी क्षति भएको पिडित किसान अधिकारीले बताए ।











