घोराही। सञ्चार सूचना तथा प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले मुलुकको समृद्धिका लागि प्राविधिक शिक्षा अपरिहार्य भएको बताउनुभएको छ ।

दाङको घोराही स्थित सहिद कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालयको मंगलबार बिहान निरिक्षणमा पुग्नुभएका शर्माले प्राविधिक शिक्षाको प्रवर्द्धन गर्ने सरकारको नीति रहेको समेत बताउनुभयो । ुपुरानो घोकन्ते शिक्षा लिएर हाम्रा सन्ततिहरूले आफ्नो र मुलुकको समृद्धिमा योगदान दिन सक्दैनन्,ु उहाँले भन्नुभयो, ुअब हाम्रा सन्ततिहरूलाई पढ्दै र कमाउदै गर्ने वातावरण तयार गर्नुपर्छ ।ु

मुलुकको समग्र शिक्षा क्षेत्रकको विकासका लागि नयाँ शिक्षा ऐन ल्याउन लागिएको शर्माले जानकारी दिनुभयो । सो अवसरमा शर्माले शिक्षालय प्रांगणमा रहेको सहिद कृष्ण सेन इच्छुकको शालिकमा माल्यार्पण समेत गर्नुभएको थियो ।

शिक्षालयका प्रमुख अच्युतराज दाहालले कृष्ण सेन प्राविधिक शिक्षालयलाई प्रशिक्षक उत्पादन गर्ने थलो बनाउने योजना रहेको जानकारी दिनुभयो । उहाँले शिक्षालयमा अझै कार्यक्रमहरू थप गर्ने सोंच रहेकाले थप जग्गा र भौतिक पूर्वाधार आवश्यक भएको जानकारी दिनुभयो ।

 

शिक्षालयका उपप्रमुख केशरमान बुढाथोकीले गुणस्तरीय जनशक्ति उत्पादन गर्ने आफूहरूको धेय रहेको स्पष्ट पार्नुभयो ।