काठमाडौं । हेल्मेटभित्र लुकाएर ल्याउँदै गरेको १८ लाख नेपाली रुपैयाँ र २ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

हिजो वीरगञ्ज रक्सौला सडक खण्डबाट भारत घर बताउने राकेश कुमार र प्रसंजित कुमारलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।

भारतीय नम्बर प्लेटको दुई वटा मोटरसाइकलमा नेपाल आउँदै गरेका राकेश कुमारको हेल्मेटभित्र ९ लाख र प्रसंजित कुमारको हेल्मेटभित्र ९ लाख नेपाली रुपैयाँ तथा प्रतिबन्धित ५ सय दरको ४ थान भारतीय रुपैयाँ समेत बरामद भएको थियो । पक्राउ परेका दुवै जनालाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको छ ।